
बझाङ – बझाङ उपनिर्वाचनमा कांग्रेस अघि लागेको छ । प्रदेशसभा सदस्यका लागि भएको उपनिर्वाचनमा कांग्रेस अघि लागेको हो ।
पछिल्लो मत परिणाम अनुसार कांग्रेस उमेदवार अभिषेकबहादुर सिंहले ७ हजार ४९२ मत प्राप्त गरेका छन् । प्रतिस्पर्धी दमनबहादुर भण्डारीले ७ हजार २२८ मत प्राप्त गरेका छन् । माओवादीका जनक बुढाले २ हजार ८९५ मत प्राप्त गर्दा नेकपा एसका दिलबहादुर सिंहले २ हजार १०२ मत प्राप्त गरेका छन् ।
















