अत्तरिया – सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको संक्रमण दर बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा मात्रै प्रदेशमा ७ जना कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य निर्देशनालय दिपायलको तथ्यांकका अनुसार पछिल्लो ७ दिनमा प्रदेशमा २३ जनामा कोरोना भाइरस संक्रमित फेला परेको छ ।

प्रदेशमा सीमा नाकाबाट भित्रिनेमा बढी कोरोना संक्रमण देखिने गरेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमित देखिएकामा सबै गौरीफन्टा नाकाबाट भित्रिएका छन ।

कोरोना संक्रमित बढ्दै गए पनि यो रोगको रोकथाम र निगरानीका लागि त्यति चासो देखिएको पाइँदैन ।
देशका अरु नाकामा भन्दा सुदूरपश्चिमका नाकामा कोरोनाका बढी फेला परिरहेका छन । गएको पुसअघिको आठ/दश महिना शून्य रहेको कोरोना संक्रमण गत पुस महिनादेखि पुनः देखिन थालेको हो ।
















