अछाम – अछाममा घरमा लागेको आगो निभाउने क्रममा जलेर एक जना घाइते भएका छन । मेल्लेख गाउँपालिका–४ मा राफाका किट्टे साउँदको घरमा आगलागी हुँदा निभाउने क्रममा उनी घाइते भएका हुन ।

आगलागीबाट घरभित्र रहेका कपडा, खाद्ययान्न लगाएतका सामान जलेर अन्दाजी दुई लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

खाना पकाउने क्रममा चुुलोबाट आगो सल्किन गई शनिवार आगलागी भएको जनाइएको छ ।


















