खाेज्नुहाेस

पुर्नवासमा हात्तीको बथान पस्दा उखुबारीमा क्षति

Image

कञ्चनपुर – कञ्चनपुरको पुर्नवासमा बच्चा सहितको हात्तीको बथान किसानको उखुबारी पस्दा बिगाहमा लगाएको उखु नोक्सान गरेको छ । बिहिवार राती पुर्नवास नगरपालिका –१० दोधा पुल नजिक हात्तिको बथानले स्थानीय पप्पु रानाले बिजय माध्यमिक विद्यालयको जमिन लिजमा लिइ लगाइएको उखुबारीमा पसेको थियो ।

navjiwan hospital

रानाले बिद्यालयको करिब १० बिघा क्षेत्रफलमा लगाएको उखुबारीमा हात्ती बथानले नोक्सानी गरेको कुण्डा सव डिभिजन बन कार्यालय प्रमुख दिनेश कुमार यादवले बताए ।

attariya hospital

प्रमुख यादवका अनुसार दुधवा नेसनलपार्कबाट नेपाल प्रवेश गरी लालझाडी बन संरक्षण क्षेत्र तर्फ जादै गर्दा होहल्लाले निस्किने बाटो नपाउँदा हात्तिको ठूलो बथान विहिवार राती रानाले लगाएको उखुबारीमा पसि नोक्सान गरेको हो ।
जंगली हात्ती जैबिक मार्गबाट आवतजावत गर्नेभएकोले होहल्ला नगरी ओहोरदोहोर गर्न सहज गरि सचेत रहन स्थानीयलाई आग्रह गरेका छन । शुक्रबार हात्तीले नोक्सान गरेको उक्त क्षेत्रमा स्थानीय जनप्रतिनिधि, वन टोलि, प्रहरी, पत्रकार सहितको टोलिले अनुगमन गरेका छन ।

पछिल्लो समय जैविक मार्ग मासिदै जादा जंगली जानवर मानव वस्ती प्रवेश गरि नोक्सानी भइरहेको घटना बढिरहेका छ्न ।