डडेल्धुरा- डडेल्धुराको परशुराम नगरपालिका-३ कटानका जनकराज भट्ट दाउरा काट्ने क्रममा घाइते भएका छन् । दाउरा काट्ने क्रममा उनको खुट्टा भाँचिएपछि धनगढीस्थित नवजीवन अस्पतालमा उपचार भइरहेको छ ।
तर, अप्रेसनका लागि भने रकम अभाव भएको भन्दै उनले सहयोगको अपिल गरेका छन् ।