खाेज्नुहाेस

बैतडीमा राष्ट्रपति रनिङ शिल्ड : छात्रा दौडमा सिगास प्रथम

Image
navjiwan hospital

बैतडी- बैतडीको मेलौलीमा आजदेखि १४औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता अन्तर्गत ३ हजार मिटर छात्रातर्फको दौडमा सिगास गाउँपालिका प्रथम भएको छ ।

सिगासकी देवकीकुमारी धामीले दौडमा प्रथम स्थान हाँसिल गर्दै सिगासलाई पहिलो स्वर्ण पदक दिलाएकी छन् । मेलौली भगवती माताको खेलमैदानमा बिहान ८ बजेदेखि प्रतियोगिता सुरु भएको हो ।

attariya hospital