खाेज्नुहाेस

पोखरापछि सिन्धुपाल्चोकमा पनि बाँदर भगाउन रुख काट्ने निर्णय

Image

काठमाडौँ- सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका-३ ले पनि बाँदरबाट बालीनाली जोगाउन रुख काट्ने निर्णय गरेको छ । फागुन महिनाभरि रूख काटी झाडी सुधार गर्न आह्वान गर्दै वडाध्यक्ष शिव कार्कीले सूचना निकालेका छन् ।

navjiwan hospital

‘यस त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ को सबै बस्तीमा बाँदरलगायत वन्यजीव जनावलरले कृषि बालीनाली सखाप पारेकाले आफ्नो निजी जग्गामा भएको रुख काटी झाडी सुधार गरी बाँदर लगायत जंगली जीव जनावरको बासस्थान नष्ट गर्नुपर्ने भएकोले यही फागुन महिनाभित्र रुख काटी झाडी सुधार गर्न अनुरोध गर्दछु,’ वडा अध्क्ष कार्कीले जारी गरेको सूचनामा उल्लेख छ ।

attariya hospital

यसअघि बाँदरले दुःख दिएको भन्दै रुख काट्ने निर्णय गरेको पोखरा महानगरपालिका-१९ सो निर्णयको आलोचना हुन थालेपछि भने पछि हटेको छ ।