अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – १ बसन्तपुरमा रहेको समानता कृषि सहकारी संस्था लिमिटेडको साधारण सभा सम्पन्न भएको छ । आइतबार सहकारीको चौथो बार्षीक साधारण सभा सस्थाको कार्यालय हलमा सम्पन्न भएको हो ।
संस्थाकी अध्यक्ष खिमा देवी बिकको सभापतित्वमा भएको साधारण सभा उद्घाटन कार्यक्रमका प्रमुख अथिती सुदुरपस्चिम प्रदेश बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष माधव प्रसाद जोसी रहेका थिए भने बिशिष्ठ अथितीमा जिल्ला सहकारी संघ लिमिटेड कैलालीका अध्यक्ष फणिराज सापकोटा रहेका थिए ।


कार्यक्रममा सहकारीका उपाध्यक्ष देवराज भट्टले बार्षीक प्रतिबेदन तथा स्वागत मन्तव्य राखेका थिए । त्यस्तै सहकारी सचिव विलियम सिं ले आर्थीक बर्ष २०७९/८० को लेखापरीक्षण प्रतिबेदन पेस गरेका थिए ।
सहकारीमा हाल सम्म २४० जना शेयर सदस्य छन् भने २०७९/८० सम्म कुल कारोबार ४२ लाख ५३ हजार ५४२ भएको छ । सम्पत्ति तथा दायित्व वासलातमा २३ लाख ६६ हजार १५६ रुपया ८२ पैसा रहेको छ भने जम्मा आम्दानी २ लाख ९३ हजार ९०८ रुपया २९ पैसा भएको र, जसमध्ये शुद्ध नाफा ८१ हजार २१ रुपया १३ पैसा भएको सचिव विलियम सिं ले बताएका छन ।
बार्षीक साधारण सभामा उत्कृष्ट ९ जना शेयर सदस्यलाई सम्मान गरिएको थियो । कार्यक्रम सञ्चालालन संस्थाका कार्यालय प्रमुख तथा सविच विलियम सिं ले गरेका थिए ।



















