खाेज्नुहाेस

उद्योग वाणिज्य संघ अछामका अध्यक्षको निधन

Image
navjiwan hospital

अछाम – अछाम उद्योग वाणिज्य संघका अध्यक्षको निधन भएको छ। हृदयाघातका कारण संघका अध्यक्ष महेन्द्र कडायतको बुधवार निधन भएको हो।

बुधवार साँझ उनलाई हृदयाघात भएपछि बयालपाटा अस्पताल पु¥याउने बित्तिकै अस्पतालले उनलाई मृत घोषणा गरेको थियो। लामो समयसम्म उद्योग वाणिज्य संघको कार्ववाहक अध्यक्षको जिम्मेवारीमा रहेका कडायत २०७८ वैशाख १८ गते निर्विरोध अध्यक्ष भएका थिए।
उनको शोक मनाउन जिल्लाभरको बजार क्षेत्र बिहीवार बन्द रहने उद्योग वाणिज्य संघ अछामका उपाध्यक्ष बम रावलले बताए।

attariya hospital