काठमाडौँ- सुनको मूल्य तोलामा एक हजार तीन सय रुपैयाँले घटेको छ ।

शुक्रबार तोलाको एक लाख १९ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तोलामा एक हजार तीन सय रुपैयाँले घटेर १ लाख १७ हजार ८ सय रुपैयाँ कायम भएको हो ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ घटेर एक हजार चार सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।
















