खाेज्नुहाेस

बेलौरीमा पालिका बाहिर तरकारी बेच्ने किसानलाई परिचयपत्र वितरण

Image

कंचनपुर – कञ्चनपुरको बेलौरी नगरपालिकाले पालिका भित्र तरकारी खेती गरि बाहिर बेच्न जाने तरकारी किसानहरुलाइ परिचयपत्र वितरण गरेको छ ।

आज एक कार्यक्रमको आयोजना गरि कृषि शाखा बेलौरी पालिका भित्र तरकारी खेती गर्ने ५४ जनालाई परिचयपत्र वितरण गरेको हो ।

attariya hospital
navjiwan hospital

पालिका भित्र तरकारी खेती गरि पालिका बाहिर बेचबिखनका लागी लग्ने किसानहरुलाइ परिचयपत्र बितरण गरिएको कृषि शाखा बेलौरीका प्रमुख सुमन जोशीले बताए ।

बेलौरी नगरपालिका -३,९ र ५ का तरकारी खेती गर्ने ५४ जना किसानलाई परिचयपत्र वितरण गरिएको हो ।

उक्त किसानहरुले आफुले उत्पादन गरेका तरकारी बेच्न धनगढी हाटबजार लग्न परिचयपत्रको आवश्यक पर्ने ,बाटोमा प्रशासनले भारतिय तरकारी भनेर परिसान गर्ने समस्या आएपछि किसानहरुलाइ परिचयपत्र वितरण गरिएको प्रमुख जोशीले बताए ।

परिचयपत्र वितरण कार्य आज देखी शुरु गरिएको र अब आउदा दिनमा व्यवसायीक कृषकहरुलाइ वितरण गर्दै जाने प्रमुख जोशीको भनाइ छ ।