डडेल्धुरा- डडेल्धुराको गन्यापधुरा गाउँपालिकाले भोलि (शुक्रबार) स्थानीय बिदा दिएको छ । गन्यापधुरा-२ बडालस्थित गणेशपुरमा रहेको लाटागन्याप मन्दिरमा हुने प्रसिद्ध बडाल जातको अवसरमा बिदा दिइएको गाउँपालिकाले जनाएको छ ।
कार्तिक शुक्ल दशमीको राति रतेडी र एकादशीको दिन मेला लाग्ने गर्दछ । लाटा गन्याप देवताको भक्ति स्वरूप बनाइने चौलोले प्रख्यात बडाल जातमा स्थानीय बाजागाजा, भोक्कर, देवलहरूका भाला, गुर्जा, खुकुरी र तरबार हातहातमा समातेर खेलिने भएकाले यस मेलाले सुदूरपश्चिममा प्रसिद्धि पाएको छ ।

मेलामा जुवातास, मदिरा पूर्णरुपमा बन्द गरिएको बताइएको छ ।

















