अछाम- अछाममा अरिङ्गालले टोकेर एक वृद्धा घाइते भएकी छिन् । जिल्लाको साफेँबगर नगरपालिका–७ रिडकोटकी अन्दाजी ७० वर्षीया जलुदेवी कुमाललाई अरिङ्गालले टोकेको हो ।
उनलाई घरको आगँनमा बसिरहेका बेला अरिङ्गालले टोकेको र न्याय हेल्थ अस्पताल बयलपाटामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।