खाेज्नुहाेस

डडेल्धुरा र अछामबाट १८ जना जुवाडे पक्राउ

Image

डडेल्धुरा- डडेल्धुरा र अछामबाट एकैदिन १८ जना जुवाडे पक्राउ परेका छन् । डडेल्धुराबाट ९ र अछामबाट ९ गरी मंगलवार राति १८ जना जुवाडे पक्राउ परेका हुन् ।

डडेल्धुराको अमरगढी नगरपालिका–२ भेलस्थित चन्द्र भण्डारीको पुरानो कुखुरा फर्मबाट जुवातास खेलिरहेका सोही ठाँउका २४ वर्षीय वीरेन्द्र खडायतसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

attariya hospital
navjiwan hospital

उनीहरूलाई नगद १३ हजार ३५ रुपैयाँ र ३ गड्डी ताससहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

अछामको पञ्चदेवल विनायक नगरपालिका–३ कागतोलाका बलबहादुर शाहीको खाली घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाँउका ३५ वर्षीय विनोद शाहीसहित ९ जनालाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

उनीहरुलाई नगद ३६ हजार १ सय र चार गड्डी ताससहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।