धनगढी – कैलालीबाट ३ जना फरार प्रतिवादी पक्राउ परेका छन् । शुक्रबार जिल्लाको विभिन्न स्थानबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका इन्सपेक्टर उपेन्द्र बमका अनुसार पक्राउ पर्नेमा लागुऔषध मुद्दाका प्रतिवादी गोदावरी नगरपालिका–१ बस्ने २८ वर्षीय सबिन कट्टेल, वन मुद्दाका प्रतिवादी घोडाघोडी नगरपालिका–६ बस्ने २४ वर्षीय डम्बर साँउद र वन मुद्दाकै घोडाघोडी नगरपालिका–६ बस्ने २४ वर्षीय तपेन्द्र थापा रहेका छन् ।

उनीहरु लुकेर बसिरहेको अवस्थामा समातिएको र अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।

















