खाेज्नुहाेस

चालु अधिवेशनबाटै गेटामा स्वास्थ्य विश्वविद्यालयको विधेयक पास गराउन अपिल

Image

अत्तरिया – संघिय संसदको चालु अधिवेशनबाटै स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्वन्धि विधेयक पास गराउन अपिल गरिएको छ । शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले जिल्ला प्रशासन कार्यालय कैलाली मार्फत संघिय संसदका सभामुखलाई ज्ञापन पत्र बुझाउँदै उक्त अपिल गरेको हो ।
अपिल पत्रमा गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय निर्माणमा ढिलाई भएकाले यसलाई चाडो संचालनमा ल्याउन चालु संसदको अधिवेशनबाटै विधेयक पास गर्न माग गरिएको छ ।

‘संघिय राज्य सत्ताबाट पटक–पटक सुदूरपश्चिमेलीहरु प्रति गरिएको विभेद तथा अन्यायको शिलशिलाको रुपमा गेटा स्वास्थ्य विज्ञान विश्व विद्यालय सञ्चालनमा भइरहेको ढिलाईलाई हामिले बुझेका छौं’ अपिल पत्रमा भनिएको छ ।

attariya hospital

गेटामा शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्याल संचालनका लागि सरकारले २०७९ माघ २९ गते मन्त्रिपरिषदबाट निर्णय गरेको थियो ।

navjiwan hospital

सोहि निर्णय अनुसार सरकारले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा समेत सुदूरपश्चिममा शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्व विद्यालय स्थापना गर्ने घोषणा गरिएको थियो ।

सोही बमोजिम सरकारले असोज १६ गते गेटा स्वास्थ्य विज्ञान विश्व विद्यालय सञ्चालन सम्वन्धि बनेको विधेयकलाई मन्त्री परिषद्बाट अनुमोदन गरिसकेको छ ।

संघर्ष समितिले मन्त्री परिषद्बाट अनुमोदन भएको विधेयक चालु संसदको अधिवेशनबाट पास गर्न सभामुखको ध्यानाकषर्ण गराउन अपिल गरेको जनाएको छ । संघर्ष समितिका संयोजक लोकराज पाडे , सह–संयोजक आनन्द भट्ट र सचिव धर्मसिंह कुँवरको हस्ताक्षर रहेको अपिलमा विधेयक पास गरेर ६ सय शैय्याको अस्पताल समेत तत्काल सञ्चालन गर्न माग गरिएको छ ।

अपिललमा गेटामा सञ्चालन गर्ने भनिएको १ सय शैय्याको ओपीडीले सुदूरपश्चिमेलीहरुको भावना तथा आवश्यकताको परिपूर्ती नगर्ने उल्लेख गरिएको छ ।