खाेज्नुहाेस

आज विश्व मुस्कान दिवस

Image

अङ्ग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष अक्टोबर महिनाको पहिलो शुक्रबार ‘विश्व मुस्कान दिवस’ मनाइन्छ। मुस्कानले हरेक व्यक्तिको मानसिकसँगै शारीरिक स्वास्थ्यमा पनि धेरै फाइदा पुर्‍याउने धेरै अनुसन्धानहरूले पत्ता लगाएका छन् ।

navjiwan hospital

मुस्कानले मानिसलाई धेरै फाइदा गर्छ । मुस्कानले सबै भन्दा पहिला त मानिसको तनाव कम गर्छ। मस्तिष्कले नकारात्मक सोचलाई रक्षात्मक संयन्त्रको रूपमा प्रयोग गर्दछ । मुस्कानले यसको प्रतिरोध गर्न सक्छ । त्यसैले हाँस्ने बानीले मस्तिष्कलाई राम्रो निर्णयहरू गर्न, थप सकारात्मक सोच्न र जीवनको बारेमा राम्रो महसुस गर्न मदत पुर्‍याउँछ ।

attariya hospital

मुस्कानले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ र सेतो रक्त कोशिकाको सङ्ख्या बढाइ, रक्तचाप कम गर्न मदत गर्छ, जसले सङ्क्रमणबाट बचाउँछ । मुस्कुराउँदा एन्डोर्फिन र सेरोटोनिन रिलिज हुन्छ जसले प्राकृतिक पीडा कम गर्न महत्व पूर्ण भूमिका निर्वाह गर्छ । मुस्कानले मानिसलाई जवान देखाउँछ अर्थात् स्वस्थ उज्यालो र आकर्षक देखाउँछ ।