खाेज्नुहाेस

पाकिस्तानमा बम विस्फोट हुँदा ५० जनाको मृत्यु

Image
file photo

पाकिस्तानको मस्तुङ सहरमा भएको बम विस्फोटमा परी कम्तीमा ५० जनाको मृत्यु भएकोझ छ। बिबिसीका अनुसार आज शुक्रबार भएको उक्त विस्फोटमा परी कम्तीमा ५० जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्।

navjiwan hospital

बलुचिस्तानको दक्षिणपश्चिमी प्रान्तको एक मस्जिद नजिकै शुक्रबार पैगम्बर मोहम्मदको जन्मोत्सव मनाउन जम्मा भएका मानिसहरूमाथि विस्फोट गराइएको बिबिसीमा उल्लेख छ। मस्तुङमा धार्मिक सभालाई लक्षित गरी आत्मघाती हमला भएको प्रहरीको अनुमान छ।

attariya hospital

घटनापछि अधिकारीहरूले सो ठाएँमा संकटकाल घोषणा गरेका छन्। घाइतेहरूको त्यहाँका दुई अस्पतालमा उपचार भइरहेको प्रहरीलाई उदृत गर्दै बिबिसीले जनाएको छ।

त्यहाँका आन्तरिक मामिला मन्त्री सरफराज बुग्तीले विष्फोटलाई ‘धेरै जघन्य कार्य’ भएको टिप्पणी गरेका छन्। उक्त आक्रमणको जिम्मेवारी कुनै समूहले लिएको छैन।