सिमकोट– हिमालपारीको गाउँको हुम्लाको लिमीका स्थानीय इन्टर नेट सेवामा पहुँचमा जोडिएका छन् । तीनै गाउँमा नेपाल टेलिकमको ‘फोर जी’ सेवा सञ्चालनमा आएपछि स्थानीय इन्टर नेटमा रमाउनसमेत थालेका हुन् ।
तीन वर्षको प्रयासपछि इन्टरनेट सेवा सञ्चालनमा आएसँगै लिमीका बासिन्दाहरुलाई सञ्चार सम्पर्क गर्नसमेत सहज भएको हो । नाम्खा गाउँपालिका– ६ का वडा अध्यक्ष पाल्जोर तामाङका अनुसार निक्कै प्रयास पनि लिमीमा नेपाल टेलिकमको इन्टरनेट सेवा सञ्चालनमा आएको छ ।


इन्टरनेट चलाउने सेवाग्राही कमै भएको कारण फोर जी सेवा छिटो र गुणस्तरीय रहेको कारण गाउँ बाहिर देश विदेश रहेका आफन्तसंग सञ्चार सम्पर्क गर्न सहज भएको छ । चार हजार छ सय मिटर अग्लो स्थानमा फोर जी सेवाको टावर स्थापना गरिएकोले लिमीका तीनै गाउँ तील, हल्जी र जाँङ इन्टरनेटको पहुँचमा जोडिएका छन् ।
लिमीको हल्जी गाउँमा यसअघि वल्र्ड लिंकको इन्टरनेट सेवा सञ्चालनमा थियो । उक्त सेवा निक्कै सुस्त भएको कारण सेवाग्राहीले भनेको बेला इन्टरनेट चलाउन नसक्ने अवस्था रहेको अबस्थामा अहिले भने चौबीसै घण्टा लिमीका बासिन्दा इन्टरनेटको पहुँचमा जोडिनु भएको हो ।
फोर जी टावर स्थापना गरिएको स्थानमा सोलार पनि जडान गरिएको छ । छिटो र गुणस्तरीय इन्टरनेट सेवा सञ्चालनमा आएपछि स्थानीय बासिन्दाहरु निक्कै हर्षित छ । वडा कार्यालयमा समेत इन्टरनेट गर्नुपर्ने कामलाई समेत सहज भएको छ ।

















