खाेज्नुहाेस

कञ्चनपुरको कृष्णपुरमा भारतबाट अवैध कुखुरा आयात गरिएको भेटिए १० हजार जरिवाना गरिने

Image

अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिकामा अवैध रुपमा भारतिय कुखुरा, अण्डा, चल्ला, माछा आयात गरिएको भेटिए १० हजार जरिवाना गरिने भएको छ ।

navjiwan hospital

नगरपालिकाले आइतबार एक सूचना जारी गर्दै भारतबाट अवैध रुपमा कुखुरा, अण्डा, चल्ला, माछा आयात गरिएको भेटिए जरिवाना गर्ने जनाएको हो ।

attariya hospital

नगरप्रमुख हेम राज ओझाद्धारा जारी सूचनामा नगरपालिका भित्र भारतिय कुखुरा भित्रिरहेको भन्ने व्यापक जनगुनासो आइरहेकोले नगरपालिका भित्र अवैधानिक रुपमा भारतिय कुखुरा, अण्डा, चल्ला, माछा आयात गर्न निषेध गरिएको उल्लेख छ ।

सूचनामा अवैध रुपमा आयाग गरिएको भेटिए १० हजार जरिवाना हुने जनाइएको छ ।