खाेज्नुहाेस

भारतबाट भित्र्याइएका अवैध कुखुरा किसानले बरामद गरी प्रहरीलाई बुझाए

Image
file photo

अत्तरिया – कैलालीमा भारतबाट भित्र्याइएका अवैध कुखुरा किसानले बरामद गरी प्रहरीलाई बुझाएका छन । गोदावरी नगरपालिका – १ मोहना पुलबाट किसानले अवैध कुखुरा बरामद गरी इलाका प्रहरी कार्यालय मालाखेतीलाई बुझाएका हुन ।

navjiwan hospital

कञ्चनपुरको वाणीका प्रकाश ऐरले ल्याँउदै गरेका करिब दुई कुन्डल अवैध कुखुरा बरादम गरेको कुखुरा पालक कृषक प्रेमराज भट्टले बताएका छन् । बिहिबार रातीको समयमा बरामद गरीएका कुखुरा प्रहरी कार्यालय मालाखेतीलाई बुझाईएको उनले बताएका छन् ।

attariya hospital

भारतबाट अवैध रुपमा आउने कुखुराकै कारण स्थानीय किसान मार्कामा परेका छन् ।