खाेज्नुहाेस

अछाममा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

Image
file photo

अछाम – अछाममा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मेल्लेख गाउँपालिका–६ सोडसाबाट नुवाघरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००२ त २९९३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको हो ।

navjiwan hospital

दुर्घटनामा मेल्लेख गाउँपालिका–१ का ३३ वर्षीय ध्रुव कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

attariya hospital

शुक्रबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।