खाेज्नुहाेस

अत्तरिया बसपार्कमा नव वर्ष सांगितिक उत्सव २०८० आयोजना

Image

अत्तरिया – नयाँ वर्षको अवसरमा कैलालीको अत्तरिया बसपार्कमा सांगितिक उत्सवको आयोजना गरिएको छ । अत्तरियामा रहेको क्युरिक्स डान्स स्टुडियो र जन्मथली मञ्च सुदूरपश्चिमले संयुक्त रुपमा नव वर्ष सांगितिक उत्सव २०८० आयोजना गरेका हुन ।

प्रदेशका विभिन्न कला संस्कृतीहरुको पहिचान गरी उनिहरुको जर्गेना गर्ने प्रयास स्वरुप कार्यक्रम आयोजना गरिएको क्युरिक्स डान्स स्टुडियोका सञ्चालक हरिश विक्रम खडायतले बताए । उनले केही समय अगाडी मात्रै औपचारीक रुपमा दर्ता भएको जन्मथली मञ्चको स्थानियस्तरसम्म पुग्ने बाटोको रुपमा पनि कार्यक्रमलाई लिईएको बताए ।

attariya hospital
navjiwan hospital

उनले लामो समयदेखी कला संस्कृतिलाई नृत्यका माध्यमबाट उजागर गरिरहेको क्युरिक्सका लागी पनि यहाँको भेषभुषा, भाषा, संस्कार र संस्कृतिलाई अझै बढी फैलाउने अवसर रहेको बताए । उनले नयाँ वर्षमा नयाँ हर्षाेल्लास, खुसी र शान्ती फैलाउन र शुभकामना आदान प्रदान गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको बताए ।

कार्यक्रममा स्थानिय कलाकारहरुका साथै राष्ट्रियस्तरका कलाकारहरुले समेत आफ्ना प्रस्तुतीहरु राखेका थिए । उक्त सांगितिक महोत्सवमा चर्चित कलाकार चक्र बम, सुरेश चोखाल लगायतकाले सांगितिक प्रस्तुतीहरु राखेका थिए भने नृत्य कलाकार तथा निर्देशक हरिश विक्रम खडायत, विशाल ओझा लगायत क्युरिक्स डान्स स्टुडियोका विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको संचालन चर्चित उद्घोषक केपी कलौनीले गरेका थिए ।