धनगढी – धनगढीमा आज राष्ट्रका लागी सङ्गीत अभियात्रा सञ्चालन हुने भएको छ । सङ्गीत अभियात्राको आयोजनामा आज धनगढीमा सङ्गीत अभियात्रा सञ्चालन हुन लागेको हो ।

अहिलेको अवस्थाले देश नचल्ने भएकाले राष्ट्रका लागी सङ्गीत अभियान सञ्चालन गरेको जनवादी कलाकार तथा सर्जक मणी थापाले बताएका छन । थापाले नेपालका हरेक आन्दोलनमा जनवादी कलाकार र गीत सङ्गीतले पार्टी भन्दा एक कदम अगाडी रहेर काम गरेको बताउँदै अहिले जनवादी कलाकार र गीत सङ्गीतलाई उपेक्षा गर्ने काम भएको बताए ।

सङ्गीत अभियानमा जनवादी गीत सङ्गीतका क्षेत्रमा श्रमिक वर्गको गीत गाएर योगदान पु¥याएका वरिष्ठ जनवादी गायक गीतकार उदय शर्मा, निलिमा पुन, गीतकार सङ्गीतकार कर्ण विद्रोही, नाटक गीतमा नियमित कलम चलाउने नारायण शर्मा,गायक मोहित श्रेष्ठ, युवा गायक उदय रिजाल, लक्ष्मण पाख्रिन,अनुशर्मा र चर्चित गायक जीवन शर्माको सहभागिता रहने छ ।
आज दिउसो ३ बजे देखि धनगढीको ओम प्यालेसमा सुरु हुने राष्ट्रका लागी सङ्गीत अभियान कार्यक्रममा निःशुल्क प्रवेश रहेको आयोजकले जनाएको छ ।


















