अत्तरिया – कैलालीको अत्तरियामा आजदेखि नेपाल स्टिम एक्सो एण्ड च्यालेन्ज ०.३ सुरु भएको छ । अत्तरियामा रहेको एभरेष्ट एकेडेमीमा स्टिम एक्सो एण्ड च्यालेन्ज सुरु भएको हो ।

विद्यालयका प्रिन्सिपल स्माईल चौधरीले नेपाल स्टिम एक्सो एण्ड च्यालेन्जमा कैलाली कञ्चनपुरका २० वटा विद्यालय सहभागि रहेको बताएका छन । जसमा सामुदायी र संस्थागत विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको छ । भोलि सम्म संचालन हुने नेपाल स्टिम एक्सो एण्ड च्यालेन्जमा ५ हजार विद्यार्थीले अवलोकन लक्ष्य लिइएको छ ।

स्टीम कार्यक्रमका लागि गोदावरी नगरपालिकाले आर्थीक सहायता गरेको छ । नेपाल स्टिम एक्सो एण्ड च्यालेन्जमा राष्ट्रिय विज्ञान तथा प्रविधि प्रतिष्ठान, काठमाडौं विश्वविद्यालय, रोबोटिक्स एशोसियसन फार्वेस्ट, अमेरिकन कर्नर धनगढी, गोदावरी प्याब्सन, युथ अलायन्स फोर डेभलपमेन्ट लगायतका संस्थाहरुले सहयोग गरेको आयोजक एभरेष्ट एकेडेमिले जनाएको छ ।
स्टीम कार्यक्रममा कम्तिमा ११ विधामा पुरस्कार प्रदान गरीने र प्रत्येक विधाका लागि ३ हजार नगदका साथै प्रमाणपत्र प्रदान गरीने आयोजकले जानकारी दिएको छ ।
















