खाेज्नुहाेस

बैंकहरूको चर्को ब्याजदरका विरुद्धको आन्दोलन अन्तरगत भोलि ‘नो डिपोजिट’

Image

अत्तरिया – बैंकहरूको चर्को ब्याजदरका विरुद्ध सोमबार देखि अत्तरियामा आन्दोलिन व्यवसायीहरुले भोलि ‘नो डिपोजिट’ कार्यक्रम संचालन गर्ने भएका छन ।

चरणवद्ध आन्दोलनमा उत्रिएका व्यवसायीहरुले चर्को ब्याजदरका विरुद्धको आन्दोलन अन्तरगत भोलि ‘नो डिपोजिट’ अर्थात बैंकमा पैसा जम्मा नगर्ने कार्यक्रम गर्न लागेका हुन् ।

attariya hospital
navjiwan hospital

नेपाल उद्योग बाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशद्धारा तय गरिएको कार्यक्रम अन्तरगत अत्तरियामा पनि भोलि ‘नो डिपोजिट’ कार्यक्रम संचालन गरिएको अत्तरिया उद्योग बाणिज्य संघले जनाएको छ ।

चर्को व्याजदर घटाउन दवाव दिन एक दिन ‘नो डिपोजिट’ कार्यक्रम संचालन गरिएको संघका अध्यक्ष अशोक देवकोटाले बताए । उनले कार्यक्रमलाई सफल पार्न भोलि अत्तरियाका सबै व्यवसायीहरुलाई बैंकमा रकम जम्मा नगर्न आग्रह गरे ।

बैंकहरूको चर्को ब्याजदरका विरुद्ध आन्दोलन गरिरहेको अत्तरिया उद्योग बाणिज्य संघले सोमबार देखि नै बिहान ९ बजेबाट ११ बजे सम्म बजार बन्द गरेर विरोध प्रदर्शन गर्दै आइरहेको छ । उक्त आन्दोलनको कार्यक्रम पनि फागुन २२ गते सम्म नै जारी रहने जनाइएको छ ।