खाेज्नुहाेस

कञ्चनपुरका सीमामा लुकीछिपी तस्करी, निगरानी बढाउँदै सशस्त्र प्रहरी 

Image
सन्तोष पन्त , बेलौरी  – कञ्चनपुरको दक्षिणी सीमा क्षेत्रमा लुकिछिपी डिजेल लगायतका सरसामान तस्करी बढ्दै गएपछि सीमामा सशस्त्र प्रहरीले निगरानी बढाउन थालेको छ ।  जिल्लाको दक्षिणी सीमा अन्तरगत पुर्नवास ,बेलौरी र बेलडाँडीका विभिन्न स्थानबाट अवैध रूपमा नेपाल समान भित्रिने क्रम बढ्दै गएपछि सीमामा सशस्त्र प्रहरीले निगरानी बढाउन थालेको हो ।
attariya hospital
सीमावर्ती क्षेत्रका चोर बाटाहरूबाट अवैध रूपमा हार्डवेयरका समान ,सुर्तीजन्य लगायत किरानाका समान , फ्रिज ,कुलर ,एसी ,कपडा ,लागु औषध ,पेट्रोल डिजेल ,कुखुरा लगायतका समान तस्करी भइरहेको छ । यी सरसामानहरू बेलडाडीको झिलमिला ,कालोपुल ,वैवाह ,बेलौरीको भुडा ,दिपाघट ,पचुई रिछाह ,थापाचोक ,फटैया र पुर्नवासको कंकड लगायत सीमाका चोर बाटाहरूबाट तस्करी भइरहेको छ ।
navjiwan hospital
तस्करी बढ्दै गएपछि सशस्त्र प्रहरीले निगरानी बढाएको छ । पछिल्लो समय सशस्त्र प्रहरीले विभिन्न स्थानबाट हजार देखि लाखौँ मूल्य बराबरका तस्करीका समान दैनिक जसो बरामद गरिरहेको छ । तर पनि तस्करी भने रोकिएको छैन ।
बिहीबार मध्यरातमा बेलौरी नगरपालिका ४ रिछाह र ६ नकैयाबाट भारतबाट अवैध रूपमा भन्सार छली नेपालतर्फ भित्र्याएको अवस्थामा १०० लिटर डिजेल, सुर्ती, बिँडी लगायतका विभिन्न सामानहरू बरामद गरेको छ ।
सामानहरू सहित से.४ प.४१५८ र सु.प.प्र.०१-०१४ प १११२ नम्बरका मोटरसाइकल ४ लाख १६ हजार ७ सय मूल्य बराबरको सामान बरामद गरी  भन्सार कार्यालय कैलाली बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।