खाेज्नुहाेस

बेलौरीमा नसर्ने रोगहरूको जोखिममा रहेका ७ हजार नागरिकको स्वास्थ्य परीक्षण हुने 

Image
बेलौरी – बेलौरीमा नसर्ने रोगहरूको जोखिममा रहेकाहरूको स्वास्थ्य परीक्षण हुने भएको छ । नगरपालिकाका १० वटै वडामा नसर्ने रोगहरूको जोखिममा रहेकाहरूको स्वास्थ्य परीक्षण हुने भएको हो ।
attariya hospital
स्वास्थ्य परीक्षण पूर्व नगरपालिकाको स्वास्थ्य शाखाले वडाभित्रका स्वयंसेविका ,जनप्रतिनिधि ,भलमन्सा सहितका स्थानीयहरूसँग अभिमुखी कार्यक्रम गरिरहेको छ ।
navjiwan hospital
शुक्रवार बेलौरी नगरपालिका ९ र १० मा अभिमुखी कार्यक्रम गरिएको स्वास्थ्य शाखा प्रमुख जय सिंह बोहराले बताए । यी कार्यक्रम १० वटै वडामा हुने छ । त्यसपछि १२ गतेसम्म स्वास्थ्य परीक्षण सकिने छ  ।
‘नसर्ने रोग नियन्त्रण तथा रोकथाम अभियान २०८३’ अन्तर्गत अभिमुखी कार्यक्रम गरिएपछि वडा भित्र टोल टोलमा पुगेर नसर्ने रोगहरूको जोखिममा रहेका नागरिकको स्वास्थ्य परीक्षण हुने बोहराले बताए । उनका अनुसार यस अभियानमा ७ हजार नागरिकको घरमै पुगी स्वास्थ्य परीक्षण गरी आवश्यक सर सल्लाह दिइने लक्ष्य लिइएको छ ।