खाेज्नुहाेस

बैंकहरूको चर्को ब्याजदरका विरुद्ध आज पनि अत्तरियामा विरोध प्रदर्शन

Image

अत्तरिया – बैंकहरूको चर्को ब्याजदरका विरुद्ध आज (बुधबार) पनि अत्तरियामा व्यवसायीहरुले आन्दोलन गरेका छन । चर्को बैंकको व्याजदर घटाउनु पर्ने माग गर्दै व्यवसायीहरुले बुधबार तेस्रो दिन पनि अत्तरियामा विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले बिहान ९ बजेबाट ११ बजे सम्म बजार बन्द गरेर विरोध प्रदर्शन गरेका थिए ।

विरोध प्रदर्शनका क्रममा व्यवसायीहरुले अत्तरिया बजारमा परिक्रमा गरेर महेन्द्रनगर रोडमा रहेको ग्लोबल बैंक र महालक्ष्मी विकास बैंक अगाढी अगाडी कोण सभाको आयोजना गरेका थिए ।

attariya hospital
navjiwan hospital

कोणसभालाई सम्बोधन गर्दै हार्डवेयर व्यवसायी संघ कैलालीका उपाध्यक्ष नैन सिंह कार्कीले चर्को व्याजदरका बिरुद्ध भईरहेको आन्दोलनबाट हाम्रो माग पुरा नभए बैंक र सरकारलाई घुडा धसाउनुपर्ने चेतावनी दिए ।

होटेल ब्यबसायी संघकी केन्द्रिय उपाध्यक्ष धना देबी चोखालले व्यापार व्यवसाय ठप्प राखेर बाध्यताले गरिरहेको व्यवसायीहरुको शन्तिपुर्ण आन्दोलनलाई सम्बन्धित निकायले चासो नदिएको गुनासो गरिन् । उनले यस्तै गरिरहे व्यवसायीहरुले बैंकमा ताला लगाउन बाध्य हुनुपर्ने बताईन् ।

अत्तरिया उद्योग बाणिज्य संघका वस्तुगत उपाध्यक्ष कविराज भट्टले बैंकसंग सम्झौता गरी लिएको ऋणमा एक्कासी बैंकले मनोमानी ढंगबाट व्याजदर बृद्धि गरी व्यवसायीमाथी ज्याजतीका बिरुद्ध आन्दोलन गर्नुपरेको बताए । उनले सम्बन्धित निकायले हाम्रा मागहरुलाई न्यायोचित तरिकाले न्याय नदिए शसक्त रुपमा अगाढी बढ्ने बताए ।

आन्दोलनका कार्यक्रम बिहिबार पनि जारी रहने जनाइएको छ । बिहिबार विरोध प्रदर्शन संगै बैंकमा पैसा जम्मा नगर्ने ‘नो डिपोजिट’ गरिने जनाइएको छ ।
व्यवसायीहरुले अत्तरियामा सोमबार देखि बैंकहरु विरुद्ध आन्दोलन गरिरहेका छन । पहिलो चरणको आन्दोलन फागुन २२ गते सम्म जारी रहने जनाइएको छ ।