धनगढी – बैङ्कहरूले चर्को ब्याजदर लिएको भन्दै उद्योगी व्यवसायीहरूले सुदूरपश्चिम प्रदेशमा भोलिबाट चरणबद्ध आन्दोलन गर्ने भएका छन् ।
आज कैलाली उद्योग वाणिज्य सङ्घले आयोजना गरेको पत्रकार सम्मेलनमा भोलिबाट प्रदेशका सबै जिल्लामा एकै प्रकारको आन्दोलन गर्ने जनाइएको हो ।


भोली देखी बिहान ११ बजे सम्म बजार बन्द गर्ने २० गते सम्म बैङ्कमा बचत नगर्ने लगायतका आन्दोलन गर्ने कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुवरले जानकारी दिए ।
भोली बिहान ९ बजे देखी धनगढी चौराहाबाट आन्दोलन सुरु गर्ने बरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले जानकारी दिए ।
यस्ता छन आन्दोलनका कार्यक्रम




















