खाेज्नुहाेस

चर्को बैंक व्याजदरका बिषयमा कैलाली च्याम्बर र राजनीतिक पार्टी बीच छलफल

Image

अत्तरिया – बैंक तथा वित्तिय संस्थाहरुले लगाएको चर्को व्याज र व्यवसायीक तरलताका बिषयमा धनगढीमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । कैलाली चेम्बर अफ कमर्सले शनिबार कैलालीका राजनीतिक पार्टी बीच अन्तरक्रिया गरेको हो ।

अन्तरक्रियामा पछिल्लो समय बैंकहरुले लगाएको चर्को व्याजदरका कारण व्यवसायीहरुले भोग्नुपरका समस्याका बारेमा छलफल गरिएको थियो ।

attariya hospital

छलफलमा कैलाली चेम्बर अफ कमर्स, घोडाघोडी चेम्बरका प्रतिनिधि संगै नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

navjiwan hospital

छलफलमा कांग्रेसका प्रतिनिधिले पार्टीको जिल्ला समितिबाट बैंक तथा लघुवित्तबाट लिएको ऋणको उचित व्यवस्थापन गर्न माग गर्ने निर्णय गरिएको बताएका थिए । उनीहरुले बैंक तथा लघुवित्तका समस्या सामाधानका लागि पहल गरिरहेको बताउँदै सबैको साथ आवश्यक रहेको बताएका थिए ।

एमालेका प्रतिनिधिहरुले बैंक तथा वित्तीय संस्थाहरुमा आएका समस्या सामाधानका लागि समग्र रुपमा प्रतिवद्धता आउनु पर्ने बताएका थिए । सहकारी तथा वित्तीय संस्थाहरुले अहिले तरलता भएर पनि ऋण लगाउन नसक्ने अवस्था भएको बताए । व्याज घटाउनु कुरा उचित भएपनि व्याज, साँवा नै तिर्नुहुँदैन भन्ने कुरा भने गतल भएको बताएका थिए ।

अन्तरक्रियामा राप्रपाका प्रतिनिधिले सरकारले उचित व्यवस्थापन गर्न नसक्दा समस्या भएको बताएका थिए । बैंक तथा वित्तीय संस्थाहरुले अनुत्पादन क्षेत्रमा लगानी गर्दा अहिले समस्या देखिएको बताएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिहरु राज्यले व्याजमा अनुदान दिनुपर्ने बताएका थिए । उनीहरुको बन्द भएका कलकारखाना पुनः सुचारु गर्ने पर्ने माथ थियो ।

नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधिले टीकापुर क्षेत्रका सहकारीमा ताला लगाइएको बताएका थिए । उनीहरुले लघुवित्तहरुलाई खाद्य, मल, कृषिका लागि सहुलियत नभएको बताएका थिए ।