अत्तरिया – कम्प्युटर एशोसियसन महासंघ नेपाल (क्यान) कैलालीको अध्यक्षमा यज्ञराज ओझा निर्विरोध चयन भएका छन् । बुधबार कैलालीको गोदावरीमा भएको महासंघको १५ औं बार्षीक साधारण सभा तथा जिल्ला अधिवेशनबाट ओझाको अध्यक्षतामा नौं सदस्य कार्यसमिति चयन गरेको हो ।
महासंघको उपाध्यक्षमा प्रकाश देउवा, सचिवमा नरेन्द्र अवस्थी, सह–सचिवमा रामप्रसाद चौधरी, कोषाध्यक्षमा नविन चौधरी निर्विरोध चयन भएका छन । यस्तै, सदस्यमा लक्ष्मीदत्त जोशी, राजेन्द्र विष्ट, रेखा चौधरी र राजुवेद चौधरी चयन भएका छन् ।


महासंघका अध्यक्ष नरेश चौधरीको अध्यक्षतामा भएको सभाको नेपाल दुर सञ्चार प्रदेश कार्यालयका सहायक निर्देशक सुरत मल्लले सभाको उद्घाटन गरेका थिए ।
सभामा महासंघका केन्द्रीय सचिव हर्क सेट्टी, महासंघका प्रदेश सचिव धनबहादुर बोगटी, महासंघ कैलालीका संस्थापक अध्यक्ष ओम पनेरु लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सम्बन्धित समाचार : कम्प्युटर एशोशियसन महासंघ कैलालीको १५औ साधारण सभा सम्पन्न
















