अत्तरिया – कैलालीको अत्तरियामा वल्र्डलिंकको डेटा सेन्टर स्थापना गरिएको छ । मंगलबार देखि वल्र्डलिंकले अत्तरियामा सुदूरपश्चिमका लागि छुटै डाटा सेन्टर स्थापना गरेको हो ।

वल्र्डलिंक कम्युनिकेशनका नेटवर्किङ इन्जिनियर मिलन अधिकारीले सुदूरपश्चिममा वल्र्डलिंकको गुणस्तरीय सेवा विस्तार गर्न यसै क्षेत्रमा डाटा सेन्टर स्थापना गरिएको बताए ।

उनले डेटा सेन्टर सञ्चालन पछि यस क्षेत्रमा इन्टरनेटमा आएका समस्यालाई अत्तरियाबाटै समाधान गर्न सकिने बताए ।
















