खाेज्नुहाेस

सरकार र डा. केसी बिचको सहमतिमा गेटालाई प्रतिष्ठानकै रुपमा अगाडी बढाउने सम्झौता

Image

अत्तरिया – सरकार र डा. गोविन्द केसी बिच १० बुँदे सहमति भएको छ । सरकारसँगको सहमतिपछि केसीले शनिबार १३ औं दिनमा अनशन तोडेका छन । सहमतिपत्रमा सरकारका तर्फबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गणेश पाण्डेय र अनशनरत पक्षबाट डा. केसीले हस्ताक्षर गरेका छन् ।

उक्त १० बुदे सहमतिको २ नम्बर बुदामा प्रस्ताबित गेटा मेडिकल कलेज समेटिएको छ । जसमा गेटा मेडिकल कलेजलाई हाल सरकारले २०७९ भदौ २१ गतेको बैठकबाट सैद्धान्तिक स्वीकृति प्राप्त शहिद दशरथ चन्द स्वास्थ्य शिक्षा प्रतिष्ठान विधेयक तयार गरी तत्काल संघीय संसदमा पेश गर्ने सम्झौता गरिएको छ ।

attariya hospital

उक्त विधेयक एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठान सम्बन्धी विधेयक पारित भए पश्चात सोही ऐनमा समाहित गरिने डा. केसी संग भएको सम्झौतामा उल्लेख छ । सम्झौतामा राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ मा निर्धारित समयसीमा २०८० फागुन १० गते भित्रै चिकित्सा शिक्षाको शैक्षिक कार्यक्रम प्रारम्भ गर्ने उल्लेख छ ।

मेडिकल कजेल पूर्वाधार निर्माण विकास समितिले शिक्षण अस्पतालका लागि तयार गरेका भवनहरु स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खटाएको अस्पताल निर्देशकलाई उपलब्ध गराउने सम्झौतामा उल्लेख छ ।

navjiwan hospital

अस्पताल संचालनका लागि अस्पताल निर्देशकले आवश्यक उपकरण खरिद, जडान र संचालन, अस्पताललाई आवश्यक विभिन्न शल्यक्रिया, प्रयोगशाला, बहिरङ्ग लगायतका कक्षहरु तयार गर्ने औषधीजन्य पदार्थ खरिद गर्ने सरकार र डा. केसी विचको सम्झौतामा उल्लेख छ ।

साथै अस्पताल सञ्चालनका लागि तत्काल पुरा गर्नुपर्ने सडक स्तरोन्नती, खानेपानीको आपूर्ति, विद्युत आपूर्ति, फोहरमैला व्यवस्थापन स्थल तथा ट्रितमेन्ट प्लान्ट निर्माणका बाकी काम शीघ्र सम्पन्न गर्न सम्पन्न गर्न तत्काल अस्पताल संचालन गर्नको लागि विश्वविद्यालय अनुदान आयोग मार्फत समितिलाई विनियोजन गर्ने सम्झौतामा उल्लेख छ ।

डा. केसीले यस पटकको आफ्नो अनसनमा गेटा मेडिकल कलेजको माग प्राथमिकताका साथ उठान गरेका थिए । सोही अनुसार उक्त सम्झौता भएको हो । तर, अहिले पनि यस क्षेत्र प्रस्तावित गेटा मेडिकल कलेजलाई विश्वविद्यालयका रुपमा अगाडी बढाउने माग गरिदै आएको छ ।