खाेज्नुहाेस

अछामका ७ ठाउँमा यात्रु सहायता कक्ष स्थापना

Image

अछाम – जिल्ला ट्राफिक प्रहरी कार्यालय अछामले दसैँ तिहारमा यात्रुको सहजताका यात्रु सहायता कक्षा सञ्चालनमा ल्याइएको छ । चाडपर्वमा यात्रुलाई विभिन्न समस्या हुनसक्ने भन्दै यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय अछामले जनाएको छ ।

navjiwan hospital

मङ्गलसेन बसपार्कमा स्थापना गरिएको यात्रु सहायता कक्षको उद्घाटन गर्दै जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक नारायण डाँगीले चाडपर्वमा सवारी साधनको चाप बढ्दै जाने हुँदा बसपार्क क्षेत्रभित्र भीडभाड हुने यात्रु ठगिने कार्यलाई नियन्त्रण गर्न र यात्रुको समस्या तत्काल सुनुवाइ गरी समाधान गर्न यात्रु सहायता कक्ष स्थापना गरिएको बताए ।

attariya hospital

चाडपर्वको बेलामा ट्राफिक प्रहरीको उपस्थितिले ट्राफिक नियमको पालना हुने विश्वास गरिएको छ । कुनै पनि यात्रुले समस्या भोग्नुपरेमा सहायता कक्षमा सम्पर्क राख्न सक्छन । मङ्गलसेनलगायत जिल्लाको साँफेबगर, चौखुट्टे, विनायक, कमलबजार, जयगढ र बेलखेत गरी सात ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।