अत्तरिया – अछाममा पहिरोले वितण्डा मचाएको छ । जिल्लाका तिन पालिकामा आएको बाढीले एकैदिनमा ठूलो धनजनको क्षती गरेको छ । ढकारी गाउँपालिका, कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरोमा २२ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । ज्यान गुमाउने सबैको सनाखतसमेत भएको अछामका प्रहरी प्रमुख डिएसपी नारायण डाँगीले जानकारी दिएका छन ।
प्रहरीका अनुसार पहिरोमा ज्यान गुमाउनेहरुमा ढकारी गाउँपालिका ६ बस्ने २ वर्षीय नवीन बुढा, तुर्माखाँद गाउँपालिका ५ बस्ने १७ वर्षीया जानकी शाही, सोही गाउँपालिकाकी १७ वर्षीया विमला शाही, ४५ वर्षीय नेत्र शाही, ३६ वर्षीया मनिषा शाही, १७ वर्षीया कल्पना शाही, १३ वर्षीय सुन्दर शाही, १ वर्षीया मेनिका शाही, ३ वर्षीया कल्पना शाही, २१ वर्षीया भावना शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ ।


यसैगरी, कमलबजार नगरपालिका ६ बस्ने ३० वर्षीया अमृता कामी, १७ वर्षीया समिता कामी, २१ वर्षीया अर्धना कामी, ९ वर्षीय निखिल कामी, ३६ वर्षीया मैनकला कामी, १५ वर्षीया गीता कामी र १२ वर्षीया सिरु कामको ज्यान गएको छ ।
यसैगरी कमलबजार नगरपालिका ८ ढुङ्गला बस्ने एकैघरका २६ वर्षीय गम्भीर दमाई, २३ वर्षीय भाना दमाई, ६ वर्षीय डिग्रा दमाई, ३ वर्षीय कलु दमाई, ४ वर्षीया कल्पना दमाई रहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डाँगीले जानकारी दिए ।
पहिरोमा परी घाइते हुनेमा ढकारी गाउँपालिका ६ बस्ने ६२ वर्षीय हर्क बुढा, २१ वर्षीया चन्द्रदेवी बुढा, १२ वर्षीय धर्म बुढा र कमलबजार नगरपालिका ६ बस्ने ८५ वर्षीय भक्त कामी, ४२ वर्षीय ईन्द्र सिंह कामी, १२ वर्षीया कल्पना कामी, १२ वर्षीया ममता कामी, १० वर्षीय सुशील कामी, २ वर्षीया सफलता कामी, ३८ वर्षीय डिक्रा कामी र कमलबजार नगरपालिका ६ बस्ने ६५ वर्षीय खटी दमाई रहेको उनले जानकारी दिए । पहिरोमा परी १ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ ।
















