अत्तरिया – अछामका ३ पालिकामा पहिरो जाँदा मृत्यु हुनेको संख्या १७ पुगको छ । अछामको तुर्माखाद गाउँपालिका – ५ मा ४ जना, ढकारी गाउँपालिका – ६ मा १ जना र कमलबजार नगरपालिका ६ र ७ मा १२ जनाको शव फेला परेको छ ।

निमित्त प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले पहिरोमा पुरिएर ६ जना बेपत्ता भएको बताएका छन । बेपत्ता हुनेमा तुर्माखाँद गाउँपालिका – ५ का ५ जना, ढकारी गाउँपालिका – ६ का १ जना रहेका छन ।

यस्तै परिरोमा परेर ११ जना घाइते भएका छन । घाइते हुनेमा ढकारी गाउँपालिकाका ३ जना र कमलबजार नगरपालिकाका ८ जना रहेका छन ।
















