खाेज्नुहाेस

अछाममा कैद भुक्तान गरिरहेका एक जना कैदीको मृत्यु

Image

अछाम – जिल्ला कारागार अछाममा कैद भुक्तान गरिरहेका एक जना कैदीको मृत्यु भएको छ । मंगलसेन नगरपालिका –५ का बेदराज भाटको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी निरीक्षक कैलाश सिंह विष्टले जानकारी दिएका छन ।

navjiwan hospital

उनले आफ्नै शरीरमा चिथोर्ने, चिच्याउने, कराउने गर्न थालेपछि जिल्ला अस्पताल अछाममा लगिएको र थप उपचारका लागि सेती प्रादेशिक अस्पताल रेफर गरिएको थियो ।

attariya hospital

जबरजस्ती करणीको मुद्दामा जिल्ला अदालत अछामले भाटलाई १० वर्ष ३ महिना ८ दिनको कैद सजायको फैसला गरेको थियो । उनी भदौ २ गतेदेखि जेल चलान भएका थिए । जेल गएको हप्ता दिन नपुग्दै उनको ज्यान गएको हो ।