नयाँ दिल्ली– भारतले आज आफ्नो ७५औँ स्वतन्त्रता दिवस मनाउँदै छ । यसको नेतृत्व प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका छन् । आज बिहान प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतिष्ठित मुगलकालीन लाल किल्लाको प्रान्तबाट देशबासीलाई सम्बोधन गरेका छन ।

देशबासीलाई सम्बोधन गर्दै मोदिले भारत लोकतन्त्रको जननी भएको बताएका छन् । ‘हामी बापु, नेताजी सुभाष चन्द्र बोस, बाबासाहेब अम्बेडकर, वीर सावरकरलाई धन्यवाद दिन्छौं, जसले देशको स्वतन्त्रताको लागि आफ्नो जीवन अर्पण गरे’, प्रधानमन्त्री मोदीले भने ।

प्रतिष्ठित स्मारकको पर्खालबाट लगातार नवौं स्वतन्त्रता दिवसको भाषण दिन लाल किल्लामा आइपुग्दा प्रधानमन्त्रीले अन्तर–सेवा र प्रहरी गार्ड अफ अनरको निरीक्षण गरेका थिए ।
एजेन्सी

















