अछाम – अछाममा युवाहरुले जनश्रमदान गरेर १ किलोमिटर सडक मर्मत गरेका छन । मंगलसेन नगरपालिका – ६ मा युवाहरुले वडा कार्यालयदेखि सिस्नेडीसम्म करिब १ किलोमिटर सडक मर्मत गरेका हुन ।

वडा अध्यक्ष देबेन्द्र प्रसाद भण्डारीको नेतृत्वमा युवाहरुले पुर्ण श्रमदानमा सडक मर्मत गरेका थिए । बर्षाले सडक चिरेको, भत्किएको तथा पानी जमेर सवारी आवागमनमा समस्या हुन थालेपछि मर्मत गरिएको वडा अध्यक्ष भण्डारीले बताए ।

मर्मतका क्रममा सडकका खाल्डाखुल्डी पुर्नुका साथै नाली समेत निर्माण गरिएको छ । सडक मर्मत गरेपछि एम्बुलेन्स, जीप लगायतका सवारी साधनको आवागमनमा सहज स्थानीयले विश्वास लिएका छन ।















