खाेज्नुहाेस

मुख्यमन्त्री भट्टले गरे गेटा मेडिकल कलेजको अवलोकन

Image

अत्तरिया – धनगढीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेज सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले बिहिबार अवलोकन गरेका छन् । अवलोकनमा उनीसँगै प्रदेशका सामाजिक विकासमन्त्री गोविन्दराज बोहरा लगायत सहभागी थिए ।

navjiwan hospital

अवलोकनका क्रममा मुख्यमन्त्री भट्टले प्रदेश सरकार मेडिकल कलेजमा मिलेर काम गर्न इच्छुक रहेको बताएको त्यहाँका निर्देशक डा. प्रमोद जोशीले जानकारी दिए । उनले भने, ‘मेडिकल कलेज छिटोभन्दा छिटो सञ्चालन गर्नुपर्दछ भन्ने विषयमा पनि हामीबीच कुरा भएको छ ।’

attariya hospital

त्यस्तै, मेडिकल कलेजका भित्री संरचना विद्युत्, पानी, ढललगायतको व्यवस्थापनमा समस्या देखिएकाले त्यसको व्यवस्था गर्न सम्बद्ध पक्षलाई निर्देशनसमेत दिएका छन् ।