बैतडी– बैतडीमा मोटरसाइकलले ठक्कर दिँदा एक जना महिला घाइते भएकी छिन् । मंगलबार बिहान दशरथचन्द नगरपालिका – १ गुरुखोला नजिक मोटरसाइकलले ठक्कर दिँदा दशरथचन्द नगरपालिका – २ देहिमाण्डाैँकी ६३ वर्षिय पार्वती लावड घाइते भएकी हुन ।

उनलाई गोकुलेश्वरबाट गोठलापानी तर्फ गइरहेको डिलाशैनी गाउँपालिका ५ का ४३ वर्षिय बाशुदेब नाथले चलाइरहेको सु.प.प्र.०२ ००३ प. २२२१ नम्बरको मोटरसाइकलले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

दुर्घटनामा चालक नाथलाइ पनि सामान्य चोट लागेको छ । घाइते पार्वती लावडलाइ उपचारकालागी जिल्ला अस्पताल बैतडीमा पठाइसकेको प्रहरीले जनाएको छ ।
















