खाेज्नुहाेस

हत्या आरोपमा अछामकी मेयर चलाउने पक्राउ

Image

अछाम – अछामको पञ्चदेवल विनायक नगरपालिका – ४ मा किशोर विनोद शाही मृत फेला प्रकरणमा मेयर अम्बिका चलाउने सहित ७ जना पक्राउ परेका छन् । विनोद शाहीको हत्या अभियोगमा पञ्चदेवल विनायक नगरपालिकाकी नवनिर्वाचित मेयर चलाउने सहित ७ जना प्रकाउ परेका हुन् ।

navjiwan hospital

यसअघि ५ जनालाई मात्रै प्रहरीले पक्राउ गरेकोमा हिजो (शनिबार) चलाउने सहित थप २ जनालाई पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक मोहनकुमार आर्चायले जानकारी दिए । उनका अनुसार हिजो पञ्चदेवल विनायक नगरपालिकाकी नवनिर्वाचित मेयर अम्बिका चलाउने र नेत्र शाही पक्राउ परेका हुन् ।

attariya hospital

जिल्ला प्रहरी कार्यालय अछामले पनि घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको बताएको छ । केही दिनमै प्रहरीले अनुसन्धान सकेर अनुसन्धान रिपोर्ट अदालतमा पेश गर्ने जनाएको छ । विनोद जेठ २१ गते बिहान १० बजे गाउँ नजिकैको भिरमा मृत फेला परेका थिए ।

उनको हत्या गरिएको भन्दै परिवारले मेयर चलाउनेसहित १३ जनाको नाममा प्रहरीसमक्ष किटानी जाहेरी दर्ता गरेको थियो । चलाउने स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट विजयी भएकी हुन् ।