खाेज्नुहाेस

विवादित फैसालापछि अछामका न्यायाधीश तानिए

Image

अछाम – बलात्कारसम्बन्धी मुद्दामा एक जना पीडित महिलामाथि नै साढे तीन बर्षको जेल सजाय सुनाएका अछाम जिल्ला अदालतका न्यायाधीश नवीनकुमार जोशीमाथि छानबिन र कारवाहीको प्रक्रिया अघि बढेसङ्गै उनलाई न्याय परिषदको बैठकलगत्तै तानिएको छ । यसको असर आगामी स्थानीय निर्वाचनमा समेत परेको छ । अहिले जोशीको ठाउँमा कैलालीबाट अर्का न्यायाधीशलाई पठाउने तयारी शुरु भएको छ ।

निर्वाचन आयोगले गत चैत २५ गते राति १२ बजेदेखि लागू गरेको आचारसंहिता अघिसम्म जोशीको स्थानमा कोही पनि नपठाइएपछि अहिले आयोगको लागि उक्त जिल्लाको निर्वाचनमा अप्ठेरो परेको हो । जिल्ला न्यायाधीश निर्वाचन प्रयोजनको निम्ति मुख्य निर्वाचन अधिकृत हुने भएकाले जिल्लामा गरिने निर्वाचन तयारीमा असर परेको बताइन्छ ।

attariya hospital
navjiwan hospital

जोशीलाई जिल्लाबाट तानेर अन्यत्र लगेपछि मुख्य निर्वाचन अधिकृतको नाताले एउटा निवेदन दिन आयोगले गरेको अनुरोधबमोजिम उनले निवेदन दिएका हुन् । अब ढिलोमा भोलिसम्म मुख्य निर्वाचन अधिकृतको निम्ति अर्का एक जना न्यायाधीशको खोजी भएको छ । बैशाख ८ गते पर्सि बिहीबारदेखि ७७ वटै जिल्लामा निर्वाचन कार्यालय स्थापना हुँदै छ ।

जबर्जस्ती करणीसम्बन्धी एउटा मुद्दामा जिल्ला अदालत अछामका न्यायाधीश नवीनकुमार जोशीले पीडित किशोरीलाई नै साढे तीन वर्ष जेल सजायको फैसला सुनाएपछि चर्को विवाद भएको छ । जोशी श्रीमानको इजलासले झूठो बयान दिएको ठहर गर्दै किशोरीलाई जेल पठाउन आदेश गर्नुका साथै आरोपित पुरुषलाई सफाइ दिएको छ ।

निकै संवेदनशील मुद्दामा हतारमा फैसला गर्ने न्यायाधीश जोशीले निकटस्थहरुसँग सरकारी वकिलले फसाएको गुनासो गरेका छन् ।