अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ गजरौला बजार नजिकबाट प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।
शुक्रबार साँझ गरिएको चेकजाँचका क्रममा १८० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थसहित तीन जना पक्राउ परेका प्रहरीले जनाएको छ ।


पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका–५ गुलरिया बस्ने ३१ वर्षीय पारस जोशी, कृष्णपुर–६ मौरिफाटा बस्ने २३ वर्षीय भरत रोकाया र कृष्णपुर–७ कलुवापुर बस्ने १८ वर्षीय एक किशोर रहेका छन् ।
लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र अस्थायी प्रहरी पोस्ट गजरौलाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्दा उनीहरूको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको जनाएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

















