धनगढी – कैलाली र कञ्चनपुरबाट प्रहरीले फरार रहेका तीन प्रतिवादीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार चेक अनादर मुद्दामा जिल्ला अदालत कैलालीबाट २ वर्ष कैद सजाय तोकिएकी धनगढी उपमहानगरपालिका–२ श्रीलङ्का टोल बस्ने ३२ वर्षीया शान्तीदेवी चौधरीलाई शुक्रबार उनकै घरबाट पक्राउ गरिएको हो ।

त्यसैगरी, जिल्ला अदालत कञ्चनपुरको २०८० माघ २४ गतेको फैसलाले बहुविवाह मुद्दामा १ वर्ष २ महिना कैद सजाय तोकिएका कृष्णपुर नगरपालिका–२ बाणी बस्ने ३० वर्षीय दिलु बादी र २७ वर्षीया अन्नु सुनारलाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय झलारीसहितको टोलीले उनीहरूलाई शुक्रबार वणी बजार क्षेत्रबाट पक्राउ गरेको जनाएको छ ।


















