खाेज्नुहाेस

जिवन धान्ने साहारा ‘बंगुर’ 

Image

अत्तरिया – राम साय राना उमेरले ५६ बर्ष पुगे । कञ्चनपुरको कृष्णपुर  नगरपालिका – ८ बिचुवाका राना अहिले युवा अवस्थाजस्तो शारिरीक बल लाग्ने काम गर्न सक्दैनन् । पुरै जिवन कृषि कर्ममा बिताएका रानाको जिवनको उत्तरार्धको साहारा भने ‘बंगुर’ बनेका छन । बिचुवामा चिटिक्क परेको घर बनाएका रानाका सन्तान छैनन् । उनको त्यो घरमा २ जना श्रीमान श्रीमती मात्रै बस्छन ।

युवा अवस्थामा कृषिमा तरकारी खेती, अन्न बाली, कुखुरा पालन संगै बंगुर पनि पाल्दै आएका भएपनि अहिले भने उनले अन्य काम गर्न नसक्ने अवस्था आएकाले बंगुर पालनलाई जिवन धान्ने साहारा बनाएका छन । रानाले बंगुर पालन गर्नुको अर्को कारण त्यो उनको पुख्र्यौली पेसा हुनु हो ।

attariya hospital

‘कृषि कार्यमा मैले सुरुदेखि बंगुर पालन गर्दै आएको छु । मैले थोरै भएपनि तरकारी खेती, कुखुरा पालन, खाद्यान्न बालि पनि लगाएको छु । तर, मलाई बंगुर पालन मन पर्छ’ उनले भने ‘मैले ३५ वटा बंगुर पालेको छु । आम्दानी सप्रेमा राम्रो छ । लगानीको आधा नाफा हुन्छ ।’

परम्परागत पेसा कै रुपमा सानैदेखि घरमा बंगुर पालन गर्दै आएको बताउने रानाले जिवनको उत्तरार्धको साहारा बंगुरलाई बनाउन २०७२ सालमा आरएस बंगुर पालन फर्म दर्ता गरेको बताए ।

‘यो उमेरमा अरु काम गर्न सकिदैन । घरमा सहयोग गर्ने अरु कोही छैनन् । बुढाबुढीको जिवन धान्ने साहारा यही बंगुर हो । हाम्रा सन्तान पनि छैनन् । पहिले दाइको छोरी पालेको थिए । अहिले उस्को पनि बिहे गरिसके’ उनले भने ‘मैले सबै काम छोडेपनि बंगुर पाल्न छोड्दैन । यसबाट नाफ भएपनि नभएपनि ।’

फर्म बिस्तार गर्ने सपना अधुरो 

navjiwan hospital

हाल दर्ता गरेको फर्ममा ३५ बंगुर पालेका रानाले लगानीको अभावमा फर्म बिस्तार गर्ने सपना भने पुरा गर्न नसकेको बताए । उनले बंगर पालन बिस्तारका लागि बिभिन्न निकायमा अनुदानका लागि गएको भएपनि रित्तो हात फर्किनु परेको बताए ।

‘एकचोटी महेन्द्रनगरमा अनुदान खुलेको थियो । मैले पनि खबर पाएर अनुदान फारम भर्न गएको थिए । उता मेरो फाइल फालिदियो । मलाई तपाइका उमेर बढी भयो भनियो । ४० भन्दा माथिकालाई अनुदान पाइदैन भन्यो । त्यो कुरा सुनेर मलाई दुःख लाग्यो । हामीजस्तो धेरै शारिरीक परिश्रम गर्न नसक्नेलाई पनि राज्यले अनुदानमा समेट्नु पथ्र्यो’ उनले भने ‘अनुदान नपाएपनि बंगुर पालन भने जिवनको अन्तिमसम्म छोड्दैन । यही हाम्रो साहारा हो ।’ उनले वास्तविक किसान भन्दा पनि पहुचबाला किसानले अनुदान पाउने गरेको देखेर पनि दुःख लाग्ने गरेको बताए ।

उनले आधुनीक तरिकाले बंगुर पालनका लागि भने एक पटक कृष्णपुर नगरपालिकाबाट तालिम लिएको बताए ।

किसान भन्दा व्यापारी नाफामा 

रानाले कृषि उपज उत्पादन गर्ने किसान भन्दा पनि सोही बस्तु बिक्री गर्ने व्यपारीले बढी नाफा कमाउने गरेको बताए । बजारीकरण गर्न नसक्दा तरकारी खेती छोडेका रानाले किसानलाई लगानी उठाउन समस्या भए पनि व्यापारी भने सधै नाफामा रहने गरेको बताए ।

‘बंगुरको पनि मुल्य तल माथि भइरहन्छ । कहिलेकाही त बंगुर बेच्दा दाना खुवाएको पैसा पनि उठ्दैन’ उनले भने ‘मासुमा भन्दापनि बंगुरको बच्चा बेच्न पाए अलि बढी फाइदा हुन्छ ।’ उनले सरकारले बंगुरको मासुको मुल्य तोकिदिए आफू जस्ता किसान ठगिनबाट जोगिने बताए । उनले किसान हरेक ठाउँबाट ठगिने तर, व्यापारी, बिचौलिया मात्रै कमाउने किसिमले बजारको संरचना बनेको बताए ।