खाेज्नुहाेस

कांग्रेसको सुदूपश्चिम भेलामा मुख्यमन्त्री शाहले भने ‘पद जोगाउन विमानस्थल गएको होइन’

Image

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले पद जोगाउनका लागि विमानस्थल गएको आरोपको खण्डन गरेका छन । नेपाली कांग्रेसको सुदूपश्चिम प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै उनले आफू मुख्यमन्त्री पद जोगाउन नभई पार्टी एकताका लागि कार्यक्रममा आएको बताए ।

उनले कांग्रेस र पार्टी सभापतिलाई कमजोर बनाउने गतिविधिबाट सावधान रहन आग्रह गरे । ‘म मुख्यमन्त्री पद जोगाउन विमानस्थल गएको होइन, यो मञ्चमा आएको पनि होइन। सिंगो कांग्रेस एक होस् भन्ने मनसायका साथ यहाँ उपस्थित भएको हुँ,’ उनले भने ।

attariya hospital

उनले सभापति थापालाई भविष्यको नेतृत्वका रूपमा प्रस्तुत गर्दै भने, ‘गगन थापालाई सभापति बनाउने र मान्ने कुरामा कुनै विमति छैन। अबको १० वर्षसम्म सिंगो नेपाली कांग्रेसको सभापति गगन थापा हुनुपर्छ ।’

navjiwan hospital

तर, उनले थापालाई पार्टीभित्रकै “भाइरस” बाट सावधान रहन सुझाव दिए । ‘तपाईंको कार्यसमितिभित्र पनि भाइरसहरू छन्, तिनले तपाईंलाई समाप्त पार्न सक्छन्, उनले चेतावनी दिए । शाहले वर्तमान राजनीतिक परिस्थितिलाई बुझेर नयाँ र पुराना पुस्तालाई सँगै अघि बढाउनुपर्ने आवश्यकता औंल्याए । कांग्रेसलाई एकताबद्ध बनाएर संघर्ष गर्नुपर्नेमा जोड दिँदै उनले पार्टीभित्र सहकार्य र एकताको वातावरण निर्माण गर्न सुझाव दिएका थिए ।

उनले नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवाद, प्रदेश सरकार परिवर्तनको बहस र पार्टी एकताबद्धताको विषय उठाउँदै वर्तमान नेतृत्वलाई सचेत भएर अघि बढ्न आग्रह गरेका छन् ।

उनले २३ र २४ गते देउवा दम्पतीमाथि भएको आक्रमण स्वाभाविक हो कि अस्वाभाविक भन्ने प्रश्न समेत उठाए । साथै, देउवालाई टिकट नदिने विषय पनि स्वाभाविक हो कि होइन भन्ने स्पष्ट हुनुपर्ने बताए ।

‘आज शेरबहादुर देउवालाई टिकटबाट किन वञ्चित गरियो ? अब उहाँको स्थान कहाँ हुन्छ ?’ भन्दै शाहले पार्टीभित्र नेतृत्वको सम्मान र योगदानको मूल्यांकन हुनुपर्ने धारणा राखे ।