अछाम – अछाममा बलात्कारको झुटो आरोप लगाउने एक युवतीलाई जेल चलान गरिएको छ । कमलबजार नगरपालिकाकी १९ वर्षीया युवतीलाई साढे तीनवर्षको जेल सजाय तोकिएको हो ।

ती युवतीले रामारोशन गाउँपालिकाका २० वर्षीय नन्दराम खनालले माघ १५ गते बलात्कार गरेको भन्दै अदालतमा उजुरी दिएकी थिइन ।

ती युवतीले तत्काल बिहे नगर्ने भनेपछि ति युवतीले आबेगमा आएर झुटो मुद्धा दर्ता गरेको पुष्टि भएको छ ।

















