खाेज्नुहाेस

उल्टो पैदल यात्री परियारलाई अत्तरियाबाट बाजागाजा सहित बिदाइ (भिडियो)

Image

अत्तरिया – मेचि देखि महाकालीसम्म उल्टो पैदल यात्रीमा निस्किएका ऋषि परियारलाई अत्तरियाबाट बाजागाजा सहित बिदाई गरिएको छ । मंगलबार अत्तरिया पुगेका परियारलाई आज बिहान अत्तरियाबाट बाजागाजा सहिज अत्तरिया बजार परिक्रमा गरी विदाई गरिएको हो ।

माघ १५ गते झापाको मेची पुलबाट आफ्नो यात्रा सुरु गरेका परियारले अत्तरियामा बिषेश स्वागत गरेकोमा धन्यावाद ज्ञापन गरेका थिए । उनले आफ्नो पदैल यात्रा अबको दुई दिन पछि महाकाली पुलमा पुगेर अन्त्य हुने बताए ।

attariya hospital

‘स्वास्थ्यका लागि मेची–महाकाली उल्टो पैदल यात्रा भन्ने मुल नाराका साथ मैले यो पैदल यात्रा सुरु गरेको हु’ उनले भने ‘उल्टो पैदल यात्रा मार्फत हाम्रो देश नेपाललाई विश्वसामु चिनाउने मेरो उद्देश्य हो ।’ उल्टो प्रदल यात्रामा क्रममा आफूले भरपुर स्वागत र हैसला पाउने गरेको बताए । उनले आफूले गरेको उल्टो पैदल यात्राको टिकटकमा भिडियो पोष्ट गर्नेहरुले धेरै प्रचार प्रसार गरिदिएको बताए ।

उनले भने ‘अबको दुई दिन पछि यो यात्रा सकिने छ । तर, यस क्रममा मलाई साथ सहयोग गर्नेहरुलाई म सधैभरी सम्भिरहने छु ।’

यसअघि जम्पिङ्ग जक्सबाट विश्व रेकर्ड राखिसकेका परियारले उल्टो यात्रामा समेत गिनिजबुकमा नाम लेखाउने लक्ष्य लिएको बताएका छन ।
अत्तरियामा बाजागाजा सहित बिदाई कार्यक्रमको सहजिकरण गोदावरी पोलिक्लिकका संचालक नरेश नेपालीले गरेका थिए ।

navjiwan hospital

बाजागाजा सहित उल्टो पैदल यात्रीलाई अत्तरियाको वनखेतमा स्वागत गरिएको थियो भने महेन्द्रनगर रोडमा रहेको गोदावरी पुलमा पुगेर विदाई गरिएको थियो ।

जसका लागि डोटी सांस्कृतिक पञ्जेवाजा समूहको सहभागिता रहेको थियो । बाजा समुहका प्रतिनिधि दल बहादुर नेपालीले गोदावरीका १२ वटै वडाका पञ्जेवाजा समूहका प्रतिनिधि सहभागि भएको बताए । उनले समूहमा २० जनाको सहभागिता रहेको बताए ।

उल्टायात्री परियारको यात्रामा क्रममा अत्तरिया बजार क्षेत्रमा फोटो खिचाउने र भिडियो बनाउनेको भिड लागेको थियो ।

भिडियो